काठमाडौं। सङ्घीय संसद्मा जारी अवरोधको गाँठो फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादमा जुटेका छन् ।
समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रवार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार सत्तारुढ नेकपा एमालेलगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेका उनको सचिवालयले जनाएको छ ।यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
सो दलको शुक्रवारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे ।संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए ।
आगामी जेठ १ गते मङ्गलवार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ ।प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रिय सभाको अर्को बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ शुक्रबार हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व प्रतिस्थापन विधेयकमा समयको चाप
सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त