काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यसपछि आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ शुक्रबार हुने
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सदनको अवरोध हटाउन निरन्तर छलफल : प्रगति शून्य, शीर्ष तहबाट निकास निस्कने आशा
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै