सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए ।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए । कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उनको भनाइ छ ।
त्यस्तै, सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
प्रदेशको विकासका लागि एकजुट हुन आवश्यक : मुख्यमन्त्री कँडेल
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल