चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूमाथि उठेको विषयमा छानबिन समिति बनाउन तयार देखिएका छन् । तर त्यसका लागि उनले एउटा सर्त अघि सारेका छन् ।
चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन हुन नहुने बताए । सहकारी ठगी प्रकरणमा कांग्रेसको मागअनुसार छानबिन समिति बनाइए त्यसलाई स्वीकार गर्न आफू तयार रहेको तर आफूले संसद्मा बोल्न भने पाउनुपर्ने उनको भनाइ थियो ।
‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्मा बोल्न पाउनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसो गर, त्यसो नगर भनेर आदेश दिने होइन ।’सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए ।
उनले भने, ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।’ कांग्रेसले लामिछानेबारे संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले यही विषय सम्बोधन नभएसम्म संसद चल्न नदिने घोषणा गरेको थियो भने संसदमा नाराबाजी समेत बेल घेराउ समेत भएको थियो ।
कांग्रेसको अवरोधकै कारण प्रतिनिधिसभा बैठक स्थगित भएर जेठ १ का लागि तोकिएको छ । जेठ १ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तय भएपनि कांग्रेसले अवरोध कायमै राख्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
रवि लामिछानेलाई अदालत लगियो
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप