सुर्खेत । मुख्यमन्त्री नियुक्त भएयता अहिलेसम्म मन्त्रिपरिषद्को बैठक राख्न नसकेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै उनले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन्।
समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो, एक्ला एक्लै हिँडनु भन्दा सबै राजनीतिक दलहरूबिचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।
उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
प्रदेशको विकासका लागि एकजुट हुन आवश्यक : मुख्यमन्त्री कँडेल
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल