काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । पार्टी विभाजनपछि आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– 'पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे ।'
अध्यक्ष यादवले भने, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिए, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ।’
उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिन तर कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेन, कसैले उठाउनु पनि भएन ।’
'पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद छैन, साङ्गठनिक मतभेद छैन, पद र जिम्मेवारी बाँडफाँटको मतभेद छैन, सरकारमा जाने आउने विषयमा मतभेद छैन भने पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्त्वाकाङ्क्षा', उनले भने, ‘उहाँहरू विकल्कुल व्यक्तिगत महत्वकाँक्षाले पार्टी विभाजन गरेका हुन् ।’
आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए । 'पार्टी विभाजन भएको छैन, केही व्यक्ति बरालिएका छन्, उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार छौँ'–उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै
एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा
उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा
लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव