भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १४ : १७
भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन ।

कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो ।

साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो ।

बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ ।

भाग्यवश, कोलकाताको अर्को खेल शनिबार मात्र रहेको छ । टोलीले घरेलु मैदानमा मुम्बई इन्डियन्सको आतिथ्य गर्नेछ । यसअघिको खेलमा लखनउलाई ९८ रनको विशाल अन्तरले हराउँदै टोली आईपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस