काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४४ हजार पुग्यो
तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?