काठमाडौँ । नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु तयार रहेको बताएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगिको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।
बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफुहरुको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहदा समग्र सहकारी ठगिको छानबिन प्रभावित हुन नहुने बताउदै अगाडी बढ्नुपर्ने बताए । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगिको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए ।
यस अघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगिको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ ।
बैशाख २८ गते देखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले हिजोको घटनामा कमजोरी स्वीकार्नु पर्छ : महेश बर्तौला
रविको विषय दु:खद् हो, ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : नेकपा एमाले
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला चयन
एमालेले माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा
कोरोनाकालका विमितलाई रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला