एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। साथै ७४ जना बेपत्ता भएका छन्।
स्थानीय प्रशासनका अनुसार शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।
अझै वर्षाको सम्भावनाबीच करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन बाँच्न बाध्य छन्। बाढीका कारण करिब २५० सहर प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै ठाउँमा क्षति भएको छ।
बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ। अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ। पोर्टो एलेग्रे र यसको वरपरका क्षेत्रका सडक बाढीमा परिणत भएका छन्।
पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ बैशाख २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक