जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । मधेश प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध छ । सो विषयमा पनि जनमतको संसदीय दलले छलफल गरेको छ ।
दलका नेता यादवले भने, ‘लामो समयसम्म सदन अवरुद्ध राख्नु हुँदैन् । सरकार गम्भीर हुनुपर्छ । यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’ उनले प्रदेशको विभिन्न स्थानमा लागेको आगलागी प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी अभिलम्ब ठोस राहत प्याकेज उपलब्ध गराउन र खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गर्ने निर्णय पनि भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति