पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत नदिने बताए । उनले कसैलाई सत्ता टिकाउनका लागि राप्रपाले मत दिन नसक्ने बताएका हुन् ।
अघिल्लै कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेका छौँ । राप्रपा कुनै सरकारमा सहभागी नहुने र सत्तालाई बल पुग्ने गरी सहयोग नगर्ने निर्णय भैसकेको छ,’ उनले भने, ‘अहिले बसेको कार्यसम्पादन समितिको बैठकमा पनि गण्डकीको विषय उठेको थियो । सहयोग नगर्ने भन्ने नै भएको छ ।’
उनले कसैलाई समर्थन दिनुपर्ने भएमा प्रदेश समितिसँग सल्लाह गर्ने बताए । ‘कतिपय ठाउँमा हाम्रो भोट नै चाहिँदैन । जहाँ चाहिन्छ, त्यहाँ प्रदेशसँग सल्लाह गर्छौँ,’ अघि भने, ‘अरूलाई दिए पनि सत्ता गठबन्धनलाई अहिले समर्थन हुँदैन ।’ विश्वासको मत लिने तयारीमा रहेका अधिकारी काठमाडौँमा दलहरूसँग छलफल गरेर पोखरा फर्किएका छन्। उनले २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । संविधान अनुसार वैशाख २४ भित्र उनले विश्वासको मत लिनुपर्ने अनिवार्य व्यवस्था छ ।
राप्रपाले मत नदिने भएपछि गण्डकीको सत्ता सङ्कट अझै बढ्ने निश्चित छ । सत्तारुढ दलहरू सभामुख मार्फत ३० सिटमै बहुमत घोषणा गराउने योजनामा छन् । दलको समर्थन अनुसार ३१ सिट मुख्यमन्त्रीको पक्षमा छ ।
तर सभामुखलाई सत्ताको जोडघटाउमा सामेल गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले सभामुखलाई बाहिर राखेर गण्डकीमा ५९ सांसदले मत हाल्ने र सोही मतको बहुमत ३० सिट हुने गरी व्याख्या गरेको छ ।
केही कानुनविद्हरू सभामुख समेत पूरा संसदमा गणना हुने र बहुमतका लागि ३१ सिट नै चाहिने बताउँछन् । यदि सभामुखले ३० सीटलाई बहुमत घोषणा गरे गण्डकीको मुद्दा पुन अदालत पुग्ने निश्चित छ । राप्रपा गण्डकीका सांसदहरू केन्द्रको निर्णय कुरिरहेका छन् ।
केन्द्रले स्पष्ट निर्देशन दिइसकेको अवस्था नभएको दलका नेता पञ्चराम गुरुङले बताए । उनले आफूहरू सबैसँग समानान्तर सम्बन्धमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद : कांग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने
गण्डकीको मुख्य न्यायधिवक्तामा लमजुङका अधिकारी नियुक्त
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ