हेटौडा । बागमती प्रदेश सभाको सर्वदलीय बैठक आज (शुक्रबार) बस्दै छ।
ससंसदीय समितिका सभापति टुंगो लगाउने, बजेट अधिवेशन आह्वानसम्बन्धी छलफल गरी संसद् गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।
सभामुख भुवनकुमार पाठकले आह्वानमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता तथा सचेतकसहितलाई बाेलाइएको छ।
गत चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिएपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बागमती प्रदेश सभा: आजदेखि बजेटमा छलफल
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै
विश्वासको मत लिन मुख्यमन्त्री सोडारीले बोलाए प्रदेश सभा बैठक
बझाङमा नेकपा एसको धरौटी जफत