नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १५ : ०८
नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का

काठमाडौं। चौथो टी–२० मा वेस्ट इण्डिज 'ए'विरुद्ध २१० रनको रनको लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार जारी खेलमा पाँचौ ओभरमा कुशल भुर्तेल र कुशल मल्ल दुवैको विकेट गुमेको हो ।

भुर्तेल ५ बलमा १ रन बनाएर आउट भएपछि मल्ल पनि ४ बलमा ४ रन बनाएर पबेलियन फर्किए ।यसअघि ओपनर आशिफ शेख २ बलमा खाता नै नखोली आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस