कर्णालीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १५ : ३५
कर्णालीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।कँडेलले एमालेका ३ र माओवादीका ३ जना मन्त्रीलाई समेट्दै मंगलवार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत उद्योग पर्यटन, रुकुम पश्चिमका महेन्द्र केसी आर्थिक मामिला, र डोल्पाका वीरबहादुर शाही सामाजिक विकास मन्त्री बनेका छन् ।

एमालेबाट दैलेखका विनोदकुमार शाह भूमि व्यवस्था, डोल्पाका शेरबहादुर बुढा  भौतिक पूर्वाधार, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री भएका हुन् । दैलेखकी गमता विक भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस