काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम २ मा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बू जमानत जफत भएकोप्रति प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जित्न नसेके पनि सिक्न सकिएको बताएका हुन् ।
उनले इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन् ।लामिछानेले विजयी भएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् ।
‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु,’ उनले लेखेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद ।
जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’इलाम २ मा लामिछाने नेतृत्वको दल रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो ।
शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् । यससँगै उनको धरौटी जफत हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
रवि र छविको मुद्दामा बहस सकियो, शुक्रबारै आदेश आउने
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
सभामुखलाई रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्