बुटवल। नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन आजदेखि शुरू हुने भएको छ । आज र बुधबार हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए ।
गर्मीको समय भएका कारणले हरेक नगरपालिकाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ता ल्याउने योजना रहेको बताउँदै उनले बढीमा तीन हजार पाँच सय को हाराहारीमा मात्र अधिवेशनको खुलासत्रका सहभागी हुने जानकारी दिए ।
अधिवेशनको बन्दसत्रमा १६४ जना प्रतिनिधि रहनेछन् । आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।
गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ । हलमा नअटाएका सहभागीलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, ११ : ३८
लेखकबाट थप