रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, ०७ : २९
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत भएको मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ।

विजयी नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो।

जित्ने दाबी गर्दै चुनावमा होमिएका रास्वपाका मिलन लिम्बूले पनि ५ हजार ५० भोटमात्र ल्याए। उनी चौंथो स्थानमा छन्।

जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ।

कुल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको हो। जसको १० प्रतिशत ६ हजारभन्दा बढी मत हुन्छ। लिम्बूले त्यति पनि भोट ल्याउन सकेनन्।

प्रतिक्रिया दिनुहोस