सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०८१, १६ : ११
सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकको पर्सा शाखाले पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच पर्सागढी शाखाका कर्मचारीले दुवै विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका हुन् ।  चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस