सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा २० वर्षीय युवकको शव फेला परेको छ।
स्थानीय सीताराम साहका २० वर्षीय छोरा अरविन्दको शव घर नजिकै मकैबारीमा फेला परेको हो।
स्थानीय रामचन्द्र साहको मकैबारीभित्र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
युवकको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
कैलालीमा युवकको शव फेला
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ