काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्नेसहित विभिन्न १४ वटा निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश सभाको अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने, जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम अख्तियारी दिने, स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानिकरण अनुदान रकम स्वीकृति दिने, बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्बन्धी मापदण्ड २०८० संसाधनसहित स्वीकृत गर्ने, वन क्षेत्रको भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गा भोगाधिकार मात्रै लिइ राख्ने, लैगिक तथा यौनिक अल्पसङ्ख्यक सम्बन्धी नीति २०८१ को स्वीकृत गर्ने, आव २०७८-७९ को बाँकी भुक्तानी रकम निकासा स्वीकृत गर्ने, वाग्मती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नुपर्ने, प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने, प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने, प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ भएको दिन बागमती प्रदेश भरी सार्वजनिक बिदा दिने, सरकारी कार्यालयका साइनबोर्ड लेटरप्याडमा तीन भाषा नेपाली, तामाङ र नेपाल भाषामा लेख्ने , सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गोताखोर तालिम सञ्चालन गर्ने, विपद् स्वयम सेवक समूह निर्माण तथा परिचालन गर्ने र प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संशोधन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा