चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे महामन्त्री थापा

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, ११ : ५३
चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका पुगेका छन् । इलाम २ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै थापा अमेरिका प्रस्थान गरेका हुन् ।यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ । अमेरिकामा थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

सोमबार थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन् ।जुन २१ बेलुका ५ बजे थापाले  क्यालिफोर्नियाको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने जानकारी नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका नेता गौतम दाहालले दिए ।

थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने छन् ।थापाका काका क्यालिफोर्निया र भाइहरू मिन्नेसोटामा बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस