काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो। गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।
यसैगरी यो साता चाँदीको कारोबार मूल्य भने घटेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४४ हजार पुग्यो
तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?