काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सत्ता गठबन्धनमा असन्तुष्टि माधव नेपाल भेटेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन्।
बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमका विषयमा छलफल भएको प्रवक्ता डा.प्रकाश शरण महतले बताए।
उनले भने- प्रदेश सरकार गठनको विषयमा संविधानको बर्खिलाप काम भइरहेका छन्, सुदूरपश्चिम र गण्डकीमा पनि त्यस्तै काम भइरहेका छन्। त्यसैले संविधानविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने भएकाले त्यही अनुसार प्रस्तुत हुन सम्बन्धित प्रदेशका साथीहरूलाई भनेका छौँ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
काँग्रेसका मन्त्रीहरूले भने-ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै