काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा गएको भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ ।
हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको जापान टाइम्सको समाचारमा उल्लेख छ । भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रको धेरै भागमा महसुस गरिएको थियो ।
एनएचेको रिपोर्टमा भूकम्पले इकाटा परमाणु प्लान्टमा पनि कुनै समस्या नदेखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ बैशाख २०८१, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता