काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गरेका छन् । संवाद भन्ने बित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न उनले आग्रह गरे ।
पूर्व–पश्चिम संवाद यात्राका क्रममा आइतवार बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गरेका हुन् ।‘नेकपा एमालेसँग संवाद गरौं, सरकारका लागि होइन । संवाद भन्दा बित्तिकै केपी ओलीजीलाई के लाग्छ भने सरकार बनाउनेभन्दा पनि निर्वाचन प्रणाली सुधारका लागि’, थापाले भने ।
चुनाव अघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैंका लागि अन्त्य हुने उनले दाबी गरे ।
‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्याऔं । सकिन्छ भने संविधान बदलौं, नभए कानून बदलौं । राजनीतिक दलसम्बन्धी कानून संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौ भने चुनाव अघि पसर खोलेर धन्दा चलाउने ।
२०–३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैंलाई बन्द गरौं’, महामन्त्री थापाले भने । उनले २०८२ सालमा महाधिवेशन गरेर कांग्रेसलाई सशक्त बनाउन तलैदेखि दबाब सृजना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा सबै भत्किने र बिग्रिने मात्रै भएको छैन, साना कुरामा बाटो समातिरहेका छौं : गगन थापा
चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे महामन्त्री थापा
सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा
विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : गगन थापा
राजनीतिमा छट्टुहरू हाबी हुन थाले, गति र मति भएको मान्छे चाहियो: गगन थापा
सरकारको कामलाई २० अंकभन्दा बढी दिने अवस्था छैन: महामन्त्री थापा