अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान

एजेन्सी

आइतबार, ०२ बैशाख २०८१, ११ : ३४
अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान

सिडनी। अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ ।  अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो ।

समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा आतंकित पारेका थिए, जब उनले मानिसहरूलाई लामो ब्लेडले छुरा प्रहार गर्न थालेका थिए । सो क्रममा पाँच महिला र एक पुरुषको मृत्यु भएको छ । एक बालकसहित अन्य कैयौं घाइते भएका थिए ।

अधिकारीहरूले आक्रमण सम्भवतः काउचीको मानसिक स्वास्थ्यसँग सम्बन्धित भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले महिलालाई लक्षित गरेको हो कि भनेर सोध्दा न्यु साउथ वेल्सका प्रहरी आयुक्त करेन वेबले आइतबार पत्रकारहरुलाई भने कि, ‘यो अझै अनुसन्धानको घेरामा रहेको छ ।’

तर उनले छुरा प्रहारलाई आतंकवादी कार्यको रूपमा वर्णन गर्न भने नसकिने जनाएकी छिन् ।