काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ ।
प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो ।
चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल
समाजवादी बालुवाटारबाट आउँदैन, सडक संघर्ष गरौँ : पूर्वप्रधानमन्त्री खनाल
रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन्: झलनाथ खनाल