काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । यसअघि संसदीय दल कार्यसमितिको बैठक पनि बसेको थियो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
संसदीय छानबिनको मागबाट पछि नहट्ने काँग्रेसको निर्णय
कम्युनिस्टहरुले सत्ता कब्जाको शैली देखाए, सहकारीमा ज्यान गए छोडिन्न : देउवा
काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा