चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०८१, ०९ : ४८
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनको भनाइ छ । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।

यसैबीच कम भिजिबिलीटीका कारण केही दिनदेखि नेपालगञ्जमा हवाई सेवा समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस