काठमाडौंको चुनिखेलमा नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०७५, १६ : ५६
काठमाडौंको चुनिखेलमा नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ स्थित चुनिखेलमा आफ्नो आठौ एक्स्टेन्सन काउन्टर खोलेको छ । 

नगरप्रमुख उद्धब पौडेल र बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवालले  काउन्टरको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

काठमाडांैको पूर्वि भूभागमा पर्ने बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । साथै काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्नेछ  ।

त्यस्तै सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ  । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैंक प्रयासरत रहने छ ।  

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले  वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो । 
आठ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको यस बैंकको हाल ७७ वटा शाखा तथा १ सय २ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
 भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेकोे छ । 
 

प्रतिक्रिया दिनुहोस