काठमाडौं। आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले उत्कृष्ट शुरूआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपाल 'ए' ले उत्कृष्ट शुरूआत गरेको हो । नेपालले शुरूआतमै चार विकेट हात पारेको छ ।
सातौ ओभरको खेल चलिरहँदा नेपालले आयरल्याण्डका महत्वपूर्ण चार ब्याटरलाई आउट गरेको हो । नेपालका शाहब आलमले दुई विकेट लिएका छन् । रिजन ढकाले एक विकेट लिए । आयरल्याण्डका एक ब्याटर रन आउट भए । आयरल्याण्ड २५ रन बनाएर नेपाली बलरविरुद्ध संघर्ष गरिरहेको छ ।
शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि