नेपालगञ्ज। नेपालगन्ज कारागारका एक जना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए ।
उनका अनुसार आज बिहान करिब ४ बजेतिर जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक जोलाह तीन महिनाअघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल एकआपसमा ठोकिँदा २३ वर्षीय युवकको मृत्यु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु