झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ ।
दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानी ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
मकवानपुरमा बस र म्याजिक ठोकिँदा एक चालकको मृत्यु, अर्का पक्राउ
मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
घाँस काट्न रुख चढेका पुरुषको लडेर मृत्यु
एसईई दिइरहेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु