काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताएका छन् ।समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकार, संसद् र सडक मोर्चाबाट आन्दोलन गर्नुपर्ने धारणा राखे ।
पछिल्लो समय वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावर बनेकोमा उनले खुसी व्यक्त गरे ।‘पछिल्लो समय वामपन्थी शक्तिहरू निकट आउने वातावरण बनेको छ, त्यसमा खुसी लागेको छ ।
अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाउ’, खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ । वामपन्थीले प्रगतिशील नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।’
वामपन्थी शक्तिहरूले राम्रो काम गर्न सके घृणा होइन जनताले फूलमाला लगाएर सम्मान गर्ने उनको भनाइ छ । यस्तै उनले वामपन्थी आन्दोलनकै कारण देश यहाँसम्म आएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल
एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री खनाललाई तोक्यो इलाम–२ को कमान्डर
रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन्: झलनाथ खनाल