चितवन । चितवन जिल्लामा भदौ महिनामा सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भदौ महिनामा ३१ वटा सवारी दुर्घटना भएकोमध्ये १५ जनाको मृत्यु भएको हो । यो समयमा दुर्घटनामा परेर ९१ जना घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार दुर्घटनामा २७ वटा सवारी साधनमा क्षति भएको थियो ।
प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई समेत कारबाही गरेको छ । जसअनुसार मदिरा पिएर सवारी चलाउने ७२ जना कारबाहीमा परेका छन् । भदौ महिनामा सवारी नियम उल्लंघन गर्ने ३ हजार ७ सय जनालाई कारबाही गरिएको प्रहरी निरीक्षक गौतमले बताउनु भयो । यसबाट कार्यालयले २७ लाख ६६ हजार राजश्व संकलन गरेको छ । विभिन्न ठाउंँमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०७५, १९ : ४५
लेखकबाट थप