काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनु पर्ने माग गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताए ।
उनले भने, ‘सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन, किनकि यसले परियोजनामा ढिलाइ हुन सक्छ ।’ अर्बौँ रकम भुक्तानी नपाउँदा व्यवसायीको सप्लाई चेन, बैंक किस्ता एवम् श्रमिक लगायत करको ठूलो रकम भुक्तानी गर्न व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । उनले आगामी दिनमा अर्थतन्त्र सुधार आउने बताए ।
कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरूलाई बैंकबाट सहजै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्ने समेत बताए । नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासका लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
उद्योग वाणिज्य महासंघ चीनको मानार्थ प्रतिनिधिमा अमगाईं नियुक्त
महासंघ र ट्रेड युनियनबिच समस्या समाधान गर्न फोरम स्थापना
युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त
नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी