काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुगमनका लागि जथाभावी बाँडिएका अनुमति पत्र रद्द गरेको छ । प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारी बाहेकको अनुगमन अनुमति पत्र बोर्डले रद्द गरेको हो ।
अनुगमनको नाममा आधिकारिक पदाधिकारी बाहेकका व्यक्ति परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षार्थीहरूलाई असुविधा भएको बोर्डले जनाएको छ ।अनुगमन अनुमति रद्द गरेका व्यक्तिको आवश्यकता परेमा पर्यवेक्षण मात्र गर्न लगाउने बोर्डले जनाएको छ ।
यसअघि प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिले एसईई अनुगमनका लागि विभिन्न व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई अनुमति पत्र दिएका थिए ।
एसईईका परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बोर्डले जनाएको छ । मर्यादित रूपमा परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वयलाई बोर्डले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै