दाङ । दाङको बबईमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
बबई गाउँपालिका ७ मलई खोला जंगलमा घाँस काट्न गएकी स्थानीय १८ वर्षीया करिष्मा घर्तीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाँसको भारी बोकेर भिरको बाटो घर फर्किंदै गर्दा बुधबार उनी भिरबाट लडेकी हुन्।
भिरबाट उनी झण्डै ६५ मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। करिष्मासँगै घाँस काट्न गएकी सुष्मा पुनले घटनाको विषयमा जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
उनीहरु स्कुल बिदा हुँदा घाँस काट्न जंगल गएका अभिभावकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीको शव गाडिएको अवस्थामा फेला
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिए
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी