सुर्खेत । अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । बाख्रा चराउन शुक्रबार जंगल गएका उनीहरू शनिबार दिउँसो मृत फेला परेका हुन् ।
वडा नम्बर आठका पूर्ववडाध्यक्ष लाल बहादुर भण्डारीका अनुसार १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्का जंगलमा मृत भेटिएका हुन् । उनीहरूको शव करिब १६ मिटरको दूरीको फरकमा फेला परेको हो । उनीहरू दुवैको शव रिमारह नजिकको छिर्ने ओडार नजिक फेला भण्डारीले बताए ।
‘अस्ति शुक्रबार दुवै बहिनीहरू (एकै परिवार भित्रका) बाख्रा चराउन भनेर जंगलतिर गएका रहेछन् । उनीहरू राति अबेरसम्म नआएपछि पोइल (भागी बिहे) गए कि भन्ने परिवारलाई लाग्यो । गाउँमा अहिले पनि भागेर विवाह गर्ने चलन कायमै छ । त्यही कारण परिवारले उनीहरूको सबै इष्टमित्र भएको स्थानमा सोधी खोजी गर्न लागे’, पूर्ववडाध्यक्ष भण्डारीले भने, ‘कतैपनि उनीहरू भेटिएनन् । शनिबार दिउँसो साढे तीन बजेतिर ढकारी गाउँपालिकाको वडा नम्बर १ र आठको सिमाना पर्ने स्थानमा शव भेटिएको खबर आयो । सोही खबर अनुसार हेर्न जाँदा हामीले ती दुवै किशोरी भएको थाहा पायौं ।’
उनीहरू कमल बजार नगरपालिका-१० मा रहेको विद्याज्योति माविमा कक्षा ८ अध्ययनरत थिए । मृत भेटिएका दुवै किशोरीको शरीरमा चोटपटकको निशाना देखिएको भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले आफू अहिले घटनास्थलमा रहेको बताए ।
‘शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठूलो भीर छ । त्यहाँबाट खसेको हुनसक्ने प्रारम्भिक बुझाइ पनि छ’, डीएसपी भण्डारीले भने, ‘तर अहिले केही भन्न सकिने अवस्था छैन । हामीले कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान शुरू गरिसकेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीको शव गाडिएको अवस्थामा फेला
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी