मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने जनता अवकाश कोषको निर्णय

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०७५, १६ : २९
मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने जनता अवकाश कोषको निर्णय

काठमाडौँ । जनता अवकाश कोषका संचालक समितिको आइतबार  बसेको बैठकले कोषको आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । कोषले आर्थिक बर्ष २०७४/७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता/संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा आश्विन १ गते जम्मा गरेको छ ।
आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट अवकाशकोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा मिति २०७५ असार १ गतेबाट कोषको नाम परिर्वतनभई जनता अवकाशकोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जनता अवकाशकोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचितविदाकोष, कर्मचारी कल्याण कोष र पब्लिकप्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र कर योग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १० हजार र काजक्रिया खार्च रु. १० हजारको व्यवस्था गरेको छ ।
जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस