श्री एयरलाइन्सकाे जहाज भैरहवामा आपतकालीन अवतरण

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १२ : ०२
श्री एयरलाइन्सकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो ।

धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस