भरुवा बन्दुक सहित एकजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, १० : ५९
भरुवा बन्दुक सहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । 

वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए । 

उनको घर खानतलासी गरेर प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको छ । ५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस