काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका हुन् ।'अहिलेको आवश्यकता भनेको छानबिन समिति गठन गर्न मार्ग प्रशस्त गर्नुपर्यो र राजीनामा दिनुपर्यो', उनले भने ।
उनले संसदीय छानबिन समिति निष्पक्ष हुने पनि बताए । 'छानबिन निष्पक्ष हुन्छ, कानूनभन्दा माथि कोही हुन्न', उनले भने, 'अहिलेको आवश्यकता नै त्यत्ति हो । यो व्यक्ति वा त्यो व्यक्ति भन्ने होइन, जो सुकै होस्, उजुरी परेपछि छानबिन हुनुपर्छ ।'
गृहमन्त्री लामिछानेविरुद्ध कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी हालेका थिए । सोही उजुरी उपर छलफल गर्न आज समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १२ : ५८
लेखकबाट थप