काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने टिप्पणी गरेका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्याउने जिकिर समेत गरे ।
पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्याउने सांसद पौडेलको भनाइ थियो । उनले काँग्रेसका लागि सत्ता ठुलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।
सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छः सांसद पौडेल
सरकारी कार्यालयमा घुस बुझाउनेको काम हुने अरूको नहुने अवस्था अन्त्य गरौं : सांसद पौडेल
सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
गिरीबन्धु टी स्टेटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ : प्रदीप पौडेल
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल