काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । युवाहरूको परिवर्तनको आकांक्षालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने खतरा रहेको उनले बताए ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्मृति सभालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै थापाले छट्टुहरू हाबी हुन थालेको समयमा धैर्यता भएको नेता आवश्यक रहेको बताएका हुन् ।
‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले, छट्टु त आउँछ लटरपटर पार्छ, झुक्याउँछ रंगरोगन गर्छ । हामीलाई धेर्यता भएको, गति र मति दुवै भएको मान्छे चाहियो । यो बेलामा हामीले मति पनि ठीक राख्नु पर्नेछ, घर भित्रको फोहोर सफा गर्नुपर्नेछ’, थापाले भने ।चेतनाको राजनीति गर्ने मान्छेले युवाहरूको भावनालाई बुझेर काम गर्नुपर्ने उनले बताए।
‘समाजले धैर्यता राखेकोराखेइ गर्यो, समाजको गति बढेको छ । चाँडोभन्दा चाँडो परिवर्तन होस भन्ने नौजनावको चाहनालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने भए । चेतनाको राजनीति गर्ने मान्छेले त्यलाई पक्रेर शक्ति बनाउनु पर्नेछ बदल्नको लागि रुपान्तरणको एजेन्डा चाहिएको छ’, महामन्त्री थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा
चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा