काठमाडौँ । विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।
‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ’, उनले भनिन्, ‘नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’
लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलो पटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको सुनाए । उनले परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।
मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने र त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकले गर्यो अफगानिस्तानलाई ८४ मिलियन सहयोग
अर्थमन्त्री पुनद्वारा विश्व बैंकका दुई उपाध्यक्ष र वित्त निगमका उपाध्यक्षसँग भेट
माथिल्लो अरुण र दूधकोशी जलविद्युत छिटो थाल्न विश्व बैंक र एडीबी सहमत
२०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने
विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने