काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका ।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ रन बनाउँदै आउट भए गुलसन झा
वेस्ट इण्डिजविरुद्ध भुर्तेलले लिए तेस्रो विकेट
सागर ढकालले दिलाए एकै ओभरमा नेपाललाई २ विकेट
वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट
आईपीएलमा रनको वर्षा: हरेक खेल चौका–छक्का प्रहार गर्ने प्रतियोगितामा परिणत