‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १५ : ५८
‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

काठमाडौँ । आगामी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’ को क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले केकीको फिल्म भित्र रहेको क्यारेकटर लुक्स बाहिर ल्याएको हो ।

टिजरमा सस्पेन्सका रुपमा राखिएको लुक्सलाई अहिले प्रचारका लागि सार्वजनिक गरिएको हो । सुलक्षण भारतीको लेखन निर्देशन रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय देख्न सकिन्छ ।

फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मस्ले फिल्मको वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस