काठमाडौँ । कप्तान सञ्जु स्यामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।
लखनऊका निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन बनाए । लोकेश राहुलले ४४ बलमा ४ चौका र २ छक्कासहित ५८, क्विन्टन डि कक ४, देवदत्त पाडिक्कल शून्य र आयुष बदोनीले १ रन बनाए ।
राजस्थानका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिए । नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल र सन्दीप शर्माले १(१ विकेट लिए । त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसन ५२ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नट आउट रहे ।
रियान पराग २९ बलमा १ चौका र ३ छक्कासहित ४३, यशस्वी जैसवाल २४, जस बटलर ११, धुब्र जरेल २० रन बनाए । लखनऊका नविन उल हकले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट, मोहसिन खान र रवि विश्रोईले १-]१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल: रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई हरायो
आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित
आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल: गुजरातलाई पराजित गर्दै पञ्जाव विजयी
आईपीएल: लखनउविरुद्ध दिल्लीको रोमाञ्चक जित
आईपीएलको पहिलो खेलमा आरसीबीले केकेआरलाई हरायो